|

गुल्मी : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाका विभिन्‍न गाउँपालिकाका साइनबोर्ड हटाएको छ। पार्टीका कार्यकर्ताहरुले गाउँपालिकाका कार्यालयमा तालाबन्दी गर्दै कार्यालय प्राङ्गणमा आफ्नो झन्डा गाडेका छन्। 

चुनावी विरोधी अभियानअन्तर्गत गाउँपालिकाका कार्यालयमा साइनबोर्ड हटाउने र तालबन्दी गर्ने काम थालिएको नेकपा जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए।

वैशाख ३१ गते हुने स्थानीय तहको चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेकपा गुल्मीले २४ चैत्र देखि चुनाव बहिष्कारको अपिलसहित पर्चा टाँस्‍न सुरु गरेको थियो।नेकपाले जिल्लाको मालिका गाउँपालिकाको कार्यालयमा झन्डा गाडेको समाजिक परिचालक कमल नेपालीले बताए।

उनले  एक्कासी पार्टीका कार्यकर्ताहरुले कार्यालयमा झन्डा गाडेको तथा पर्चा र पम्पेलेट टाँसेको जानकारी दिए। चुनाव विरोधी अभियानअन्तर्गत मदाने गाउँपालिकाको वडा कार्यालयमा नेकपा गुल्मीले तालाबन्दी गरेको छ। पार्टी कार्यकर्ताहरुले यहाँ रहेको बोर्ड च्यातेर कार्यालयमा पर्चा टाँसेको स्थानीय बोम बहादुर कुवँरले बताए।

इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी नायब निरीक्षक अशोक श्रीवास्तवले विप्लवका कार्यकर्ताहरुले वडा कार्यालयको बोर्ड फुटाएको तथा कार्यालयमा ताला लगाएको पुष्टी गरे।

नेकपा गुल्मीका जिल्ला सचिवालय सदस्य खिम खडकाले गुल्मी दरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा पनि बोर्ड तोडफोड गरेर पर्चा टाँसिएको दाबी गरे।

उनले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई प्रतिकार गर्दै गाउँ-गाउँमा समानान्तर सरकार गठन गर्ने आफ्नो पार्टीको निर्णयअनुसार गाउँपालिकाका साइनबोर्ड हटाउने तथा तालाबन्दी गर्ने गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.