इलाम : इलाम नगरपालिका–३ गोलबस्तीबाट चितुवाको बच्चा उद्धार गरिएको छ। गाँउलेहरुले ध्वासे चितुवाको बच्चा भेटेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला वनलाई खबर गरेका थिए।
वनबाट गएको टोलीले स्वास्थ्य परीक्षण गर्दा तन्दुरुस्त रहेपछि साबिक इलाम नगरपालिका–४ ( हाल इनपा–९) को राजदुवाली सामुदायिक वन उपभोक्ता समुहको खण्ड नं २ को खाल्डेमा लगेर छोडिएको जिल्ला वन कार्यालयका रेञ्जर अमृतविलास पन्त जानकारी दिए। यो बच्चा ३ महिनाको हुनसक्ने पन्तले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।