लमजुङ : लमजुङमा सोमबार बेवारिसे अवस्थामा एउटा शव फेला परेको छ। अन्दाजी ३०/३२ वर्षको पुरुषको शव सुन्दरबजार नगरपालिका ९ घुमाउने च्यानपाटास्थित मर्स्याङ्दी नदी किनारमा फेला परेको हो।
इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चन्द्रबहादुर गुरुङका अनुसार दिउँसो पौने ३ बजे रातो, कालो चेक सट, हाफ टिसर्ट, खैरो कालो जिन्स पाइन्ट लगाएको, गहुँ गोरो वर्ण तथा उचाई ५ फिट ६ इन्च भएको एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो।
शवको पोष्टमाटमको लागि जिल्ला सामुदायिक अस्पताल वेंशीसहरमा राखिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।