|

  • जङ्ग तामाङ-

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका साविक सुभाङ गाविस २ पाखागाँउमा जंगलबाट पसेको आगोले सिंगो बस्ती नै जलेको छ। स्थानीय सिरुवानी जंगलमा लागेको आगो वस्तीमा पस्दा १३ घर–गोठ जलेका छन्।

स्थानीय रमेश तिम्सिनाका अनुसार जंगलमा आगो लागेको १० मिनेट बित्न नपाउँदै आगो वस्तीमा फैलिएको थियो। ‘धुँवाको मुस्लो देखिएको क्षणभरमै बस्तीका घर–गोठ जल्न थाले’ तिम्सिनाले भने, ‘वस्तीका धेरै घर–गोठ जलेका छन्।’

आगलागीमा मानवीय क्षति भने हुन पाएन। आगलागीबाट स्थानीय इन्द्रबहादुर पन्थाक, पुनम पन्थाक, चन्द्रप्रसाद चापागाई, रविलाल खनाल, मानबहादुर खनाल, कुलबहादुर खनाल, भुवानी पन्थाक, राजेन्द्र पन्थाक, राजकुमार पन्थाक, जय चापागाई, गोपाल खनाल, चन्द्र चापागाई र गोपाल खनालको घर तथा गोठ जलेको सुभाङ गाविसकी सामाजिक परिचालक पवित्रा मंग्रातीले बताइन्।

क्षणभरमै आगलागीबाट ठूलो क्षति भएको उनले बताइन्। आगलागी नियन्त्रणका लागि प्रहरी नायव उपरीक्षक नकुल पोखरेल सहितका प्रहरी टोली घटनास्थलमा पुगेका छन्। उनले टेलिफोन कुराकानीका क्रममा बस्तीमा सल्केको आगो नियन्त्रण लिए पनि जंगलको भने नियन्त्रण बाहिर रहेको बताए। यसले गर्दा आगो हावाहुरीका कारण वस्तीमा पस्ने खतरा उत्तिकै रहेको बताए। जंगलमा कसैले आगो लगाएको हुनसक्ने स्थानीयको आशंका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.