|

दमक : राज पौडेलले ह्याट्रिक पुरा गरेपछि  शरणामति फेन्स क्लबलाई ५-० ले हराउँदै लखनपुर ११ पूर्वान्चल स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ।लखनपुरका लागि खेलको १८ औँ मिनेटमा विकास लिम्बुले सुरुवाती गोल गरे।

दोश्रो हाफको पहिलो मिनेटमा वर्तमान राईले लखनपुरको अग्रतालाई दोब्बर बनाए। त्यसपछि राज पौडेलले ह्याट्रिक गरे। उनले खेलको ५३, ६९ र ७४ औं मिनेटमा लगातार गोल गरे। उनी म्यान अफ दि म्याच घोषित भए।  

स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले आयोजनामा गरेको प्रतियोगिता वैशाख २ गतेसम्म चल्नेछ। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोश्रो हुनेले नगद ५० हजार रुपैँया मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.