|

दमक : झापाको लखनपुरमा भैरहेको पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड क्लब सेमिफाइनल प्रवेश गरेको छ। आदिवासी रंगशालामा भएको खेलमा उर्लाबारी फुटबल क्लबलाई १–० गोलले हराउँदै बिर्तामोडले सेमिफाइनल यात्रा गरेको हो। 

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा कर्ण लिम्बुको पासमा पुष्प मादेनले निर्णायक गोल गरेका थिए।  त्यसपछि दुबै टिमबाट गोल हुन नसक्दा बिर्तामोड १-० को जितसहित सेमिफाइनल पुग्‍यो।

निर्णायक गोल गरेका पुष्प मादेन म्यान अफ द म्याच घोषित भए। उनले नले ३ हजार रुपैयाँ पुरस्कार  प्राप्त गरे। स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत मंगलबारबाट सेमिफाइनल खेल सुरु हुनेछन्।

पहिलो सेमिफाइनल खेल पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर र लखनपुर ११ बीच हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा दोश्रो हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.