|

इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग ३-० ले पराजित भएपछि आर्सनलको शीर्ष चारमा पर्ने सम्भावना कमजोर बनेको छ। ३० खेलबाट ५४ अंक जोडेको आर्सनल अंक तालिकाको छैटौँ स्थानमा झरिसकेको छ। जबकि चौँथो स्थानमा रहेको म्यान्चेस्टर सिटी (३१ खेल) ऊ भन्दा ७ अंकले अघि छ।

गएराति आर्सनललाई हार चखाउने क्रममा प्यालेसका आन्द्रस ट्वन्सेण्ड, योहान काबेइ र लुका मिलिभोजेभिकले १-१ गोल गरे। आर्सनलले कुनै पनि गोल गर्न सकेन र पराजित हुन पुग्यो।

क्रिस्टल प्यालेसले यसअघि लिग लिडर चेल्सीलाईसमेत हराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.