|

फिदिम : यहाँको रातो माटोले बजार पाउन थालेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। रातो माटो प्रतिबोरा ६० देखि १०० रुपैयाँसम्म बिक्री हुने गरेको छ।

यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक ५ लाख रुपैयाँसम्मको माटो बिक्री हुँदै आएको छ।  ‘माटो खन्ने कामदार पाउन मुस्किल छ', व्यवसायी भीम सिगुले  भने, 'खनेर बोरामा लाएर राखेपछि रहन्छ भन्ने हुँदैन।’

माटो दशैं र तिहारमा बढी बिक्री हुने गरेको छ। न्य बेला भने माटोको सामान्य बिक्री हुने गरेको छ। माटो बिक्री गरेर ३ लाख रुपैयाँ वार्षिक आम्दानी हुने गरेको सिगुले बताए। गाउँमा सामान लिएर जाने ट्रयाक्टर रित्तै फर्काउनुभन्दा 'डिजेलको पैसा उठ्छ' भन्दै माटो लाने गरेको अर्का माटो व्यवसायी कृष्ण खवासले बताए।

उनले माटोबाट भएको अाम्दानीले बाटै वर्षभरीको घर खर्च पुग्ने बताए। ‘माटो बेचेरै वर्षभरि चाहिने खर्च जुटाउँछु’, उनले भने, ‘छोरीलाई नर्सिङ पढाइरहेको छु।’ फिदिमको चारखम्बे र तुम्देनचोक क्षेत्रमा माटो बेच्ने गरिन्छ। 'कुनैबेला रातो माटो लागेको सवारी देखिए फिदिमबाट आएको भनेर जिस्क्याउँथे', खवासले भने, 'आज त्यहीँको माटोले मूल्य पाएको छ।' रातो माटाे घर लिपपोत गर्न प्रयाेग हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.