|

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध प्रहरी नायब महानिरीक्षक डीआईजी नवराज सिलवालले फेरि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सोमबार राति सरकारले अर्याललाई महानिरीक्षक नियुक्त गरेपछि सिलवालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

उनले अर्यालको नियुक्तिको निर्णय बदर गरी सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासको फैसला अनुसार आफूलाई महानिरीक्षक बनाउन परमादेशको माग गर्दै रिट दायर गरेका हुन्।

यसअघि फागुन १ गते सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गर्दा पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले सिलवालको पक्षमा फैसला दिँदै सरकारलाई वरिष्ठता र कार्यसम्पादन मुल्याङ्कनमा अगाडि रहेका डीआईजीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न परमादेश दिएको थियो।

तर सरकारले सोमबार प्रहरी महानिरीक्षकको कार्यसम्पादन मुल्याङ्कनको अंक निर्क्योल गर्न गठन गरेको समितिले सिलवालको भन्दा अर्यालको अंक बढी रहेको निश्कर्ष निकालेको थियो। सोही समितिको सिफारिसमा मन्त्रिपरिषद बैठकले अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.