|

गाईघाट : उदयपुरको चप्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। मंगलबार दिउसो साढे २ बजे नदीमा पौडी खेल्ने क्रममा त्रियुगा नगरपालिका ११ संगमटोलका १९ वर्षीय सुमन भट्टराईको ज्यान गएको हो।

९ जनाको समूहमा पौडी खेल्न त्रिनपा ११ चप्पनधारमा पुगेका मध्ये भट्टराई दहमा पौडिन नसक्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए।

भट्टराईको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल उदयपुर बोक्सेमा राखिएको छ। भट्टराई उदयसी उच्च मावि बोर्डिङ स्कुल जलजले ६ मा विज्ञान विषयमा प्लस टु अध्ययनरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.