|

दमक : स्थानीय टोली लखनपुर–११ झापाको प्रथम पूर्वाञ्चालस्तरीय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। लखनपुरमा भैरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा पूर्व क्षेत्री प्रहरी तालिम केन्द्र २-० गोल अन्तरले पराजित भयो। 

लखनपुर ११ बाट खेलको १० औं मिनेटमा मनिष थापा तथा पहिलो हाफको इन्जुरी समयमा निशान लिम्बुले एक-एक गोल गरे। प्रहरीका विशाल खवास म्यान अफ दिन म्याच घोषित भए। 

स्थानीय नन्द–चन्द्रकुमारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत भोलीको दोस्रो सेमिफाइनल खेल शसस्‍‍त्र प्रहरी बल लखनपुर र बिर्तामोड युनाइटेडबीच हुने आयोजकले जनाएको छ। वैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १११ रुपैयाँ, दोश्रो हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.