|

डडेलधुरा : भीमदत्त राजमार्गअन्तर्गत कैलालीको भाँसुभीरमा ट्रक दुर्घटना भएको छ। डडेलधुराबाट अत्तरिया गइरहेको ना ६ ख ६१०१ नम्बरको ट्रक राति ११ बजेतिर भीरबाट खसेको प्रहरीले जनाएको छ । 

बुधबार बिहानै प्रहरीको टोली ट्रक खसेको टाउँमा गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सडकभन्दा केही तल ट्रकको गियर बक्स र टायर फेला परेको कार्यालयले जनाएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.