|

रुकुम : जिल्लाका ६ वटा तुइन विस्थापित भएका छन्। तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने सरकारी योजनाअन्तर्गत ६ वटा तुइनलाई विस्थापित गरेर झोलुङ्गे पुल बनाइएको हो।

रन्मामैकोटको पुक्चिङ, तकसेराको खालीवाङ, काँडाको किमुबोट, काँक्री रुजीखोला, जिपु ज्युला स्यालापाखा र भलखोलाका तुइनहरु विस्थापित भएका हुन्। ४४ लाखदेखि १८ लाखसम्ममा झोलुङ्गे पुलहरु निर्माण भएको जिल्ला प्राविधिक कार्यालय रुकुमका इञ्जिनियर पहल पुनले बताए । 

उनकाअनुसार बाँकी तीनवटा तुइन विस्थापित हुने क्रममा छन्। छिपतरा प्वाङ, धौलागाढ सिस्ने र पेदीखोला प्वाङका तुइन विस्थापित भई झोलुङ्गे पुल निर्माण हुने काम अन्तिम चरणमा पुगेका र यस आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण भइसक्ने उनले बताए।

यसअघि झोलुङ्गे पुल नहुँदा यहाँका सयौँ मानिसहरु तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। तुइन विस्थापित गरेर पुल निर्माण हुँदा स्थानीयहरुलाई सहज भएको र आफूहरु खुसी रहेको रुजिधन बुढाले बताए।

यहाँका दुर्गम ठाउँका बासिन्दाहरुले तुइनबाटै आवतजावत तथा घाँस, दाउरा, पानी, अन्न लगायतका सामग्रीहरु ओसारपसार गर्ने गरेका थिए। तुइन विस्थापित भएसँगै स्थानीयको दैनिकी सहज बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.