|

च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्नका लागि मैदानतर्फ गइरहेको बोरुसिया डर्टमण्ड फुटबल क्लबका खेलाडी चढेको बसलाई लक्षित गरी बम विस्फोट भएको छ। मंगलबार राति भएको विस्फोटमा डर्टमण्डका १ खेलाडी घाइते भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

मोनाकोविरुद्ध खेल्न मैदानतर्फ जाँदै गरेका खेलाडी चढेको बसलाई लक्षित गरेर ३ विस्फोट गराइएको थियो। विस्फोटमा डर्टमण्डका डिफेन्डर मार्क बार्टाको हात भाँचिएको छ। उनको उपचार भइरहेको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटनास्थल नजिकै एउटा पर्चा भेटिएको छ। उक्त पर्चाबारे अनुसन्धान जारी छ। विस्फोटबाट खेलाडी चढेको बसका सिसा फुटेका छन्, टायरहरु पनि फाटेका छन्।

हमलाका कारण डर्टमण्ड र मोनाकोबीचको खेल २४ घण्टाका लागि पछि सारिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.