कपिलवस्तु : शिवराज नगरपालिका –१० सितलापुरमा भीषण आगलागीका कारण ५७ भन्दा बढी घर जलेर नस्ट भएका छन्। बिहान ११ बजेबाट सुरु भएको आगो हावाहुरीका कारण नियन्त्रण बाहिर पुगेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
स्थानीय मन्नु पासीको घरबाट सुरु भएको आगलागी अझै पूर्ण नियन्त्रणमा आउन नसकेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए। आगलागीमा ठुलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।