|

धनुषा : मधेसी मोर्चाको विरोधकै बाबजुद धनुषामा मतदान केन्द्र निर्धारण गरिएको छ। स्थानीय तह निर्वाचनको विरोध गर्दै आइरहेको मधेसी मोर्चाको अवरोधका बाबजुद जिल्ला निर्वाचन कार्यालय धनुषाले मतदान केन्द्र निर्धारण गरेको हो।

जिल्ला निर्वाचन कार्यालय धनुषाको अनुसार धनुषामा ३ लाख ८९ हजार ३ सय ८५ मतदाताको लागि कूल ३ सय २८ मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ । २०७० सालमा सम्पन्न दोश्रो संविधानसभाको निर्वाचनमा ५१ हजार ६ सय ५८ मतदाता को लागि कूल ३ सय ८ मतदान केन्द्र निर्धारण गरिएको थियो।

विभिन्न वार्डहरु समावेश गरी स्थानीय तहक पुनसंरचना पछि विगतको पाँचवटा मतदान केन्द्र खारेज गर्दै यस वर्ष  २५ वटा नयाँ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झाले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.