विश्व

उत्तर कोरिया र सिरिया मुद्दामा ट्रम्प र जिनपिङ एकसाथ
SHARES

Photo : cnn.com
चैत ३०, २०७३

    सिरियामा बढ्दो द्वन्द्वको बारेमा दुई शक्तिराष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच फोनवार्ता भएको छ। उक्त विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच बुधबार फोनवार्ता भएको सिह्वाले लेखेको छ।
    दुई राष्ट्रपतिबीच सिरिया द्वन्द्वका अलवा उत्तर कोरियाको आणविक समस्याबारे पनि कुराकानी भएको थियो। कोरियाली प्रायद्वीपमा हालै भएको आक्रमणबाट विश्वमा नै तरङ्ग उत्पन्न भएको छ। कोरियाली प्रायद्वीपमा भएको हमलाले विश्व शान्तिमा खलल आएपछि ट्रम्प र जिनपिङबीच कुराकानी भएको हो।

    ट्रम्प र जिनपिङबीच सिरियामा सरकारी पक्षबाट भएको रासायनिक हमलाबारे पनि कुराकानी भएको बताइएको छ। सिरियामा भएको रासायनिक हमला विश्वव्यापी चर्चाको विषय बनेको छ।

    सिरियाको विषयमा दुबै राष्ट्रपतिबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले हेर्नुपर्ने सहमति भएको बताइएको छ। सुरक्षा परिषदमा सिरिया मुद्दालाई लिएर अमेरिका र चीनले एउटै आवाज बनाउने सहमति भएको समाचारमा उल्लेख छ।

    चिनियाँ राष्ट्रपति जिनपिङले चीन र अमेरिकाले आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिएका छन्।

    त्यसैगरी कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यतिर चीनको भ्रमण गर्नेबारे पनि कुराकानी भएको बताइएको छ। ट्रम्पको भ्रमण अमेरिका र चीन सम्बन्ध विस्तार र सुदृढीकरण गर्नमा सक्षम हुने बताइएको छ।

    कूटनीति, सुरक्षा, व्यापार र कानुनजस्ता विभिन्न चार विषयमा द्विपक्षीय संयन्त्रको निर्माण गरी आपसी हितमा काम गर्ने विषयमा ट्रम्प र जिनपिङबीच छलफल भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्धमा सहजता थप्ने सहमति भएको छ।

    उत्तर कोरियाले दक्षिण कोरियालाई लक्षित गरेर आक्रमण गर्ने गरेको दक्षिण कोरियाले आरोप लगाउदै आएको छ। त्यस्तै अमेरिका र दक्षिण कोरियाली सेना संयुक्त युद्ध अभ्यासमा रहेको भन्दै उत्तर कोरिया चिढीएको छ। जसले गर्दा कोरियाली प्रायद्वीपमा विवाद उत्पन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]