|

काभ्रे : काठमाडौं विश्‍वविद्यालय आफ्नो स्थापनाको २५ औं वर्ष पुरा गरेर २६ औं वर्ष प्रवेश गरेको छ। रजत महोत्सवको अवसरमा विश्‍वविद्यालयले विशेष कार्यक्रम आयोजना गर्‍यो।

धुलिखेलस्थित विश्वविद्यालय प्राङ्गणमा भएको कार्यक्रममा शिक्षामन्त्री एवं काठमाडौं विश्व विद्यालयका सह–कुलपति धनिराम पौडेलले  विश्वविद्यालयको उत्कर्ष क्रम निर्धारण गर्नु गर्वको विषय रहेको बताए।   'यस विश्व विद्यालयले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण क्रम निर्धारण गर्न सफल हुनुमा कम चुनौतीपूर्ण थिएन,’ शिक्षामन्त्री पौडेलले भने। उनले विश्वविद्यालयले अझै गुणस्तर कायमलाई जोड्दै प्राविधिक तर्फलाई प्रोत्साहित गर्नुपर्ने बताए।

पौडेलले शिक्षा मन्त्रालयमा अझै २९ वटा विश्व विद्यालयको लागि फाइल अगाडि बढीरहेको जानकारी दिए । बहुविश्व विद्यालय स्थापना गर्ने भन्ने नीतिलाई अवलम्बन गर्न खोज्दा त्यसको उत्कर्षता के हो भन्ने कुरालाई जोड दिनपर्ने उनले बताए।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठले २५ वर्ष पुगेको युवाजस्तै काठमाडौं विश्व विद्यालय पनि ऐतिहासिक मोडमा पूर्ण आशा र विश्वास बोकेर उभिएको बताए। उनले भने ‘विश्वविद्यालयले जे जस्तो प्रगति गर्‍यो, त्यसले हामीलाई सन्तुष्ट बनाएको छ।’

केयूको स्नातकहरु देश र विदेशको कुनाकुनामा पुग्न सफल हुनु देशकै गर्वको विषय भनेको  उनले बताए। उनले शिक्षामा लगानी गर्न नहिचकिचाउन आग्रह गरे। ‘हामीले गरेको काम नेपालीको हितमा छ कि छैन भनेर सोचौं, नेपालीको हितमा छ भने त्यसलाई छाती खोलेर सहयोग गरौं।’ उनले भने, ‘आमुल परिवर्तन ल्याउने हो भने परम्परागत पद्धतिमा बाँधिएर काम गर्नु हुँदैन ।’ आउट अफ द बक्स भएरै सोच्न सक्नुपर्ने उनको भनाई छ।

काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले विश्व विद्यालयले स्थापनाकालदेखि अहिलेसम्ममा २० योग्य जनशक्ति उत्पादन गरेको बताए। त्यसमध्ये १ हजार जना स्वदेशमा नै प्राध्यापन गर्नेहरु रहेको उनको भनाइ छ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयले निरन्तर सेवा निवृत्त हुनेहरु र २० बर्षभन्दा अगाडिदेखि सेवा पुर्‍याउँदै आएका महानुभाव एवं प्राध्यपकहरुलाई सम्मानित गरेको छ। विश्व विद्यालय स्थापना भएको २५ औं वर्ष पगेको उपलक्ष्यमा विगत १ वर्ष अगाडिदेखि विभिन्न कार्यक्रमहरु गरी मनाएको रजत महोत्सव बुधवार समापन भएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.