|

दमक : सशस्‍त्र प्रहरी बल लखनपुरलाई टाइब्रेकरमा ४-३ ले हराउँदै बिर्तामोड युनाइटेड झापाको लखनपुरमा भैरहेको पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

खेलमा अग्रता भने सशस्‍त्रले लिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमै सकिएपछि दोस्रो हाफको ३८ औं मिनेटमा सशस्‍त्रबाट हरि कार्कीले गोल गरे। त्यसपछि निरन्तर खेलमा फर्कन खोजेको बिर्तामोड इन्जुरी समयमा मात्रै सफल भयो। इन्जुरी समयमा सशस्त्रका गोलकिपर दिलकुमार लिम्बुले आत्मघाती गोल गरेपछि खेल सिधै टाइब्रेकरमा धकेलियो।

टाइब्रेकरमा सशस्त्रका भक्त गुरुङको प्रहारलाई बिर्तामोडका गोलकिपर विशाल मुखियाले उत्कृष्ट बचाउ गरे। विशाल म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोश्रो हुनेले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.