|
Photo : Goal.com

साबिकको विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा बार्यन म्युनिखलाई पराजित गरेको छ। एलिनाज एरिनामा घरेलु टोलीलाई २-१ ले निरास पार्ने क्रममा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरे।

खेलमा अग्रता भने बार्यनले लिएको थियो। २५औं मिनेटमा अर्टुरो भिडालले घरेलु टोलीलाई अग्रता दिलाए। उनै भिडालले ४५ मिनेटमा प्राप्त पेनाल्टी गोलमा परिणत गर्न नसक्दा पहिलो हाफमा २-० को अग्रता लिने मौका गुम्यो।

खेलको दोस्रो हाफमा पाहुना टोली रियलले उत्कृष्ट पुनरागमन गर्‍यो। यसक्रममा ४७ र ७७औं मिनेटमा क्रिष्टियानोले बललाई जाली चुमाए। ह्याभिर मार्टिनेज दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा बार्यन अन्तिम ३० मिनेट १० खेलाडीमा समेटिएको थियो।

अस्तै अन्य खेलमा एथ्लेटिको मड्रिडले लेस्टर सिटीलाई १-० तथा मोनाकोले बोरुसिया डर्टमुण्डलाई ३-२ ले पराजित गरेका छन्।

दोस्रो लेगका खेलहरु आगामी साता हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.