|

काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना लिइसकेको छ। अहिले देशका धेरै प्रहरी युनिटहरुमा म्यादी प्रहरीका लागि तालिम सञ्चालन भइरहेको छ। काठमाडौं उपत्यकाका १० वटा प्रहरी युनिटले म्यादी प्रहरीका लागि तालिम दिइरहेको छ।

काठमाडौं शान्तिनगर नजिकै रहेको महानगरीय प्रहरी प्रभाग वानेश्वरले हिजोआज १ सय ९५ जना म्यादी प्रहरीलाई तालिम दिइरहेको छ। उनीहरुको तालिम विहान ६ बजेदेखि नै सुर हुन्छ। ८ बजेसम्म परेड खेलेपछि खाना खान छु्ट्टी हुन्छ। खाना खाएपछि कक्षाकोठामा तालिम हुन्छ।

दिउँसो ३ बजेपछि ५ बजेसम्म म्यादी प्रहरीले फेरि परेड खेल्छन्। त्यसपछि भने उनीहरु बेलुका आफ्नै घरमा फर्किन्छन्। उनीहरुलाई सरकारले बस्ने व्यवस्था भने गरेको छैन। १२ दिन तालिम लिएपछि उनीहरुलाई तोकिएको मतदानस्थलको सुरक्षाका लागि खटाउने सरकारको योजना छ। 

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.