|
फोटो : माओवादीले आयोजना गरेको उम्मेदवार घोषणासभा

रुकुम : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रुकुममा उम्मेदवार छनोटको काम अन्तिम अवस्थामा पुगेको छ। केही पार्टीहरुले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेका छन् भने केही पार्टीहरु उम्मेदवार घोषणा गर्ने तयारीमा छन्।

नेकपा माओवादी केन्द्र रुकुमले २ नगर र २ गाउँपालिकाको मेयर, उप मेयर र अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ। पार्टीको मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट मेयर, उप-मेयर र अध्यक्ष, उपाध्यक्षको टुंगो लागेको हो।

माओवादीले मुसीकोट नगरपालिको मेयरमा देविलाल गौतम र उप-मेयरमा प्रेमकुमारी सुनार केसीलाई सिफारिस गरेको छ। त्रिवेणी गाउँपालिकाको प्रमुखमा झक्कुप्रसाद घर्ती र उप-प्रमुखमा निर्मला विष्टलाई उम्मेदवार बनाउन गाउँपालिका बैठकले पार्टीको जिल्ला समितिमा सिफारिस पठाएको छ। चौरजहारी नगरपालिकामा विशाल शर्मालाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत चयन गरिएको छ।

यस नगरपालिकामा उप- मेयरको लागि छलफल जारी रहेको छ। सानीभेरी गाउँपालिकामा नर बहादुर पुनलाई प्रमुख र इन्दिरा बुढाथोकीलाई उपमेयरको उम्मेदवारको लागि छनोट गरिएको छ। बाँकी रहेका स्थानीय तहमा पनि छिटै उम्मेदवारहरुको टुंगो लगाउने नेकपा माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति संयोजक गोपाल शर्माले जानकारी दिए।

उनका अनुसार नगर तथा गाउँपालिकाबाट सिफारिस भै आएका उम्मेदवारको निर्णय जिल्लाले गर्ने र त्यसको अन्तिम अनुमोदन प्रदेश समितिले गर्नेछ।

कांग्रेस र एमाले अझै गृहकार्यमा

स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवार घोषणा नगरेपनि छनौटको अन्तिम तयारीमा जुटेका छन्। दुबै पार्टीले अहिले आन्तरिक छलफल चलिरहेको र वैशाख पहिलो सातासम्म जिल्लाका सबै स्थानीय तहबाट उम्मेदवारको टुंगो लगाउने तयारी गरेका छन्।

नेकपा एमाले अहिले पार्टीको संगठन विस्तारमा व्यस्त छ भने कांग्रेस उम्मेदवार छनौटको आन्तरिक तयारीमा छ। आन्तरिक छलफलबाट जिल्लाका सबै स्थानीय तहबाट उम्मेदवारको टुंगो लगाउन वैशाख पहिलो सातासम्मको समय लाग्ने नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए। त्यस्तै, आफ्नो पार्टी अहिले संगठन निर्माणमा व्यस्त रहेको र वैशाख पहिलो सातासम्म स्थानीय चुनावका लागि सबै उम्मेदवारको टुंगो लगाउने नेकपा एमालेका जिल्ला अध्यक्ष विमलकुमार पुनले बताए।

उम्मेदवारका आकांक्षी धेरै हुँदा जिल्लाका मुख्य तीन पार्टीलाई उम्मेदवारको टुंगो लगाउन हम्मे-हम्मे भएको छ। सबै पार्टीमा एक भन्दाबढी आकाङक्षी हुँदा त्यसको व्यवस्थापनमा चुनौती थपिएको छ। लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले धेरै आकाङक्षी हुनु स्वभाविकै भएको भन्दै दलहरुले त्यसलाई सजिलै मिलाउने दाबी गरेका छन्।

यस्ता छन् नेपाली कांग्रेसका आकांक्षी

समाचार स्रोतका अनुसार कांग्रेसबाट पुथाउत्तरगंगा गाउँपालिकामा हरिशंकर घर्ती, रासबहादुर बुढा, भूम्या गाउपालिकामा गञ्जसिंह बुढा र नन्दबहादुर विष्ट, सिस्ने गाउँपालिकामा लक्षिराम घर्ती र पूर्णजंग शाह, बाँफिकोट गाउँपालिकामा हर्कसिङ खत्री, जनककुमार बाँठा, आठ विसकोट नगरपालिकामा धिरेद्र वटाला र गंगाराम गौतम, चौरजहारी नगरपालिकामा तिलक भण्डारी, प्रेमबहादुर ओली, सानीभेरी गाउँपालिकामा गोरखप्रसाद चन्द र रिप बहादुर ओली, मुसीकोट नगरपालिकामा सुरतजंग मल्ल, महेन्द्र केसी त्रिवेणी गाउँपालिकामा वीरबहादुर ओली र सीता ओलीले स्थानीय चुनावको टिकेटका लागि लबिङ थालेका छन्।

कांग्रेसले जिल्ला सभापति प्रेमप्रकाश ओलीको संयोजकत्वमा ७ सदस्यीय उम्मेदवार छनौट कार्य दल बनाएको छ।

नेकपा एमालेबाट आकांक्षी

नेकपा एमालेको तर्फबाट पुथाउत्तरगंगा गाउँपालिकामा भीउमान घर्ती र सतमान पुन, भूम्या गाउँपालिकामा आशा स्वर्णकार, सिस्ने गाउँपालिकामा देवी ओली र नन्दलाल शर्मा, बाफीकोट गाउँपालिकामा विद्यापती रिजाल र नन्दराम देवकोटा, आठविसकोट नगरपालिकामा हरिप्रसाद शर्मा र सुरज परियार, चौरजहारी नगरपालिकामा ऋषिप्रसाद शर्मा र कल्याणी खड्का, सानीभेरी गाउँपालिकामा मनवीर घर्ती, मुसीकोट नगरपालिकामा विमलकुमार पुन र माधवप्रसाद गौतम, त्रिवेणी गाउँपालिकामा गणेश खड्का र धनराज खड्काले प्रमुख पदको लागि तयारी थालिसकेका छन्।

मुसीकोट नगरपालिकामा आकांक्षा राखेका विमल पुन पार्टीका जिल्ला अध्यक्ष हुन् भने माधवप्रसाद गौतम उपसचिव हुन्।

नेकपा माओवादी केन्द्रका आकांक्षी

९ स्थानीय तहमध्ये २ नगरपालिका र २ गाउँपालिकामा मेयर र प्रमुखको उम्मेदवार टुंग्याईसकेको माओवादि केन्द्रले अझै १ नगरपालिका र ४ वटा गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ। त्यसका लागि अहिले माओवादी छलफलमा छ।

टुंगो नलागेका पुथाउत्तरगंगा गाउँपालिकामा पुनिराज घर्ती र निर्माण बुढा, भूम्या गाउँपालिकामा रामसुर बुढा र मेघबहादुर श्रेष्ठ, सिस्ने गाउँपालिकामा कृष्ण रेग्मी र कुमारी बराल, वाँफीकोट गाउँपालिकामा धर्मबहादुर केसी र चन्द्रबहादुर केसी, आठविसकोट नगरपालिकामा गोरखबहादुर केसी र रातो कामीको नाम चर्चामा छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.