|

काठमाडौं : नयाँ वर्ष २०७४ को अवसरमा थाहा खबर प्रालिका अध्यक्ष अस्मिता सुमार्गीले शुभकामना व्यक्त गरेकी छन्। 

शुभकामना सन्देश :

हाम्रा समस्त पाठक, शुभचिन्तक, विज्ञापनदाता तथा समस्त नेपालीजनमा नयाँ वर्ष २०७४ को पावन अवशरमा सुख, सम्बृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। नववर्षको यो नुतन घडीले हामीलाई थप सहिष्णु, विवेकवान् र धैर्यवान् बन्ने प्रेरणा देओस् भन्ने कामना व्यक्त गर्दछु। त्यसका साथै नेपाललाई राजनीतिक स्थिरता, विकास र सम्बृद्धिको बाटोमा डोहोर्‍याउने हौसला पनि हामी सबैलाई सँधैभरि प्राप्त भइराखोस् भन्ने कामना गर्दछु। नव वर्षको यो उमंग र खुसियाली बर्षभर नै कायम भइराखोस्, नयाँ वर्षको शुभकामना!

 

अस्मिता सुमार्गी

अध्यक्ष

थाहा खबर प्रालि

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.