|
फाइल फोटो

विक्रम संवत्अनुसार २०७४ को पहिलो दिन अर्थात् वैशाख १ गते। नेपालमा विभिन्न जातजातिका संस्कृति मात्र होइन सरकारी पात्रो नै विक्रम संवत्अनुसार चलेको छ। विक्रम संवत् हटाएर ईश्वी संवत्लाई प्रयोगमा ल्याउनुपर्छ भन्ने आवाज पनि विभिन्न समयमा उठ्दै आएको छ। सरकारी कामकाजको पात्रो विक्रम संवत्अनसुार चल्ने भएकाले अन्तर्राष्ट्रिय प्रयोजनको काममा अप्ठ्यारो पर्ने तर्क गरिन्छ। नेपालको मौलिक भन्ने गरिएको नेपाल संवत्का पक्षधरहरू विक्रम संवत् नेपालको मौलिक संवत् नभएको बताउँछन्। उनीहरू सरकारी कामकाजमा अन्तर्राष्ट्रिय स्तरको इश्वी संवत् नै चलाउनु पर्ने तर्क गर्छन् ।

विक्रम संवत् सुरुआतको विषयमा मतभेद पाइन्छ। केही विद्वानहरूको भनाइमा इश्वी संवत् सुरु हुनु भन्दा ५७ वर्षअघि भारतका प्रतापी राजा विक्रमादित्यले यो संवत् चलाएका हुन्। केही विद्वान्हरूका अनुसार अंशुवर्माको शासनकालम विक्रमजित नामका एक राजाले नेपालको साँखुमा आई राज्य सञ्चालन गरेका थिए। उनले बज्रयोगिनीको उपासना गरी राज्यका जनताहरूलाई अनिकालबाट जोगाएका थिए। यसै अवसरमा उनैले विक्रमादित्य संवत् पनि चलाएका थिए।

केही विद्वानको मतमा इशापूर्व ५७ वर्षअगाडि भारतमा विक्रमादित्य नामका राजा नै नभएकोले विक्रम संवत् नेपालीहरूको आफ्नै मौलिक संवत् हो भन्ने छ। सूर्यका विभिन्न नाममध्ये विक्रम नामबाट यो संवत् चलेको तर्क गर्नेहरू पनि छन्। भारतमा औपचारिक रूपमा इश्वी संवत् चलेपनि विभिन्न राज्यमा धार्मिक वा सांस्कृतिक प्रयोजनका लागि विक्रम संवत्को प्रयोग हुन्छ ।

विक्रम संवत्अनुसार ६ ऋतुमा विभाजित वर्षलाई महिनाको ३० (२९ देखि ३२ सम्म) दिनको दरले ३ सय ६५ दिनको एक वर्ष मानिन्छ। बाह्र महिनामा सूर्य कर्कट राशिमा प्रवेश भएदेखिका छ महिनालाई दक्षिणायन र सूर्य मकर राशिमा प्रवेश गरेपछिका छ महिनालाई उत्तरायण भनिन्छ। नेपालमा सरकारी तथा व्यावहारिक कामकाजका लागि विक्रम संवतको प्रयोग हुँदै आइरहेको छ।

केही विद्वानको मतमा इशापूर्व ५७ वर्षअगाडि भारतमा विक्रमादित्य नामका राजा नै नभएकोले विक्रम संवत् नेपालीहरूको आफ्नै मौलिक संवत् हो भन्ने छ। सूर्यका विभिन्न नाममध्ये विक्रम नामबाट यो संवत् चलेको तर्क गर्नेहरू पनि छन्।

अन्तर्राष्ट्रिय प्रयोजनका लागि इश्वी संवतको प्रयोग हुन्छ। यस्तै धार्मिक प्रयोजनका लागि विक्रमसँगै शालिवाहनीय शाके संवत्लाई आधार मानिन्छ। वैशाखमा सुरु हुने विक्रम संवत्, पुसको मध्य (जनवरी) मा सुरु हुने इश्वीसंवत् र चैत्र शुक्ल प्रतिपदामा सुरु हुने शाकेलाई बेवास्ता गर्दै विभिन्न समुदायले भने माघ पुसको सेरोफेरोमा नयाँ वर्ष मनाउँदै आएका छन्। यद्यपि ग्रेगोरियन पात्रोअनुसारको इश्वी संवत् पुसको आधाआधीमै शुरु हुन्छ। 

पुस १५ गुरुङ अर्थात् तमु समुदायको महत्त्वपूर्ण दिन, ल्होसार अर्थात् नयाँ वर्ष। तमु संस्कृतिका अध्येताहरूका अनुसार गुरुङ समुदाय पहिले पहिले पौष शुक्ल प्रतिपदा पारेर तोल ल्होसार मनाउँथ्यो। अहिले पनि विभिन्न भागका गुरुङहरू तोलल्होसार मनाउँछन्। प्रचलित माघ शुक्ल प्रतिपदामा नयाँ वर्ष मनाउने तामाङ समुदाय हो। यो दिन यो समुदायले सोनम ल्होसार मनाउँछ। माघको पहिलो दिन नयाँ वर्ष मनाउने चलन त धेरै जातजातिमा पाइन्छ । थारु समुदायले माघे संक्रान्तिलाई नयाँवर्षको रूपमा हर्षोल्लासपूर्वक मनाउँछ। मगर, छन्त्याललगायतका जातजातिले पनि यो दिन नववर्ष मनाउँछन् । फागुन शुक्ल प्रतिपदामा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँछ।

सौरमानको आधारमा चल्ने पात्रोमा त नयाँवर्ष यसै (सौर) दिनमा पर्छ भन्ने थाहा हुन्छ तर चान्द्रमानका आधारमा चल्ने पात्रोमा थाहा हुँदैन। सौरदिन र चान्द्रदिनको अन्तरले चान्द्रपात्रोमा अधिमास पनि पर्ने कारण सौरपात्रोअनुसार हेर्दा कहिले अघि कहिले पछि नयाँ वर्ष लाग्छ। समुदायअनुसार ल्होसार पनि सौर र चान्द्र दुवै पद्धतिमा चल्छ। तमु ल्होसार ठ्याक्कै पुस १५ गते सुरु हुन्छ। त्यसैकारण यी ल्होसारहरू एकआपसमा अघि पछि पर्न पुग्छन्। यद्यपि तोल ल्होसार मनाएको ठ्याक्कै एक चान्द्र महिनामा ग्याल्पो ल्होसार आइपुग्छ।

पुस माघको सेरोफेरोमा नयाँ वर्ष लाग्ने पद्धति वैदिक कालगणनासँग प्रवाभित भएको बुझिन्छ । वैदिक कालगणना चान्द्रमानमा आधारित भएको हुँदा नयाँ वर्ष ठ्याक्कै यही मितिमा पर्छ भन्ने हुँदैन। सौरमानले वास्तविक उत्तरायण लाग्ने दिन  (सायन) अर्थात् हरेक वर्ष पुस ७ गते शुक्ल पक्षको कुनै तिथि परेको भए त्यसै पक्षको प्रतिपदामा नयाँ वर्ष लाग्छ। कृष्णपक्षको नवमी र त्यसभन्दा अघिका तिथि भए त्यस (कृष्णपक्ष) भन्दा अघिल्लो शुक्लपक्षको प्रतिपदामा र दशमीदेखि पछाडिका तिथि भए आउने शुक्ल प्रतिपदामा वैदिक नयाँ वर्ष सुरु हुन्छ । वैदिक नववर्षारम्भको दिन नै वैदिक सौरचान्द्र उदगयन (उत्तरायण), शिशिर ऋतु र तपोमासको अथवा आर्तव ‘माघमास’ शुरु हुन्छ। 

चान्द्रमानको गणना भएपनि वैदिक गणनामा तिथिहरू अहोरात्र हुन्छन्। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म। घट्नै परे वर्षमा ६ वटा चतुर्दशी घट्छ  भन्ने मान्यता छ। वैदिक नववर्ष यसपालि पुस ७ गते परेको थियो यसै दिन शेर्पा समुदायको ल्होसार पनि मनाइएको थियो। नेपालका कतिपय जातजातिले मनाउने संवत्मा पनि वैदिक परम्परालाई आधार मानेको पाइने वैदिक कालगणनाका अध्येताहरू बताउँछन्।

सौरमानअनुसार पात्रो चले पनि दिन मान्ने प्रक्रिया पूर्वीय र पश्चिमा मान्यतामा फरक छ। पश्चिमा मान्यताअनुसार रातको १२ बजेपछि नयाँ दिन सुरु हुन्छ। अर्थात् एक रातको १२ देखि अर्को रातको १२ बजेसम्म्को अवधि एक दिन हुन्छ । तर पूर्वीय मान्यतामा बिहान सूर्योदय नभएदेखि अर्को दिन सूर्योदय भएसम्मको अवधि एक दिन हुन्छ।

यसैगरी मङ्गोल समुदायको लोसार र थारु समुदायले मनाउने माघीले पनि वेदको उत्तरायण लाग्दा माघबाट नयाँ वर्ष शुरु हुने मान्यतालाई अङ्गीकार गरेको पाइन्छ। त्यति मात्र होइन प्राचीन कालमा संसारका धेरै भागमा उत्तरायण लाग्दा नयाँ वर्ष मान्ने चलन रहेको थियो। आजभोलिको ग्रेगोरियन क्यालेण्डरले जनवरी १ लाई नयाँ वर्ष मान्नुमा पनि यही कारण देखिन्छ। तर गणनाको गडबडीले गर्दा सौरमानले वास्तविक उत्तरायण लाग्ने दिन पुस ७ गते सौर नयाँ वर्षको आरम्भ हुनु पर्नेमा १० दिन पछाडि पुस १७ गते पुगेको छ। 

सौरमानअनुसार पात्रो चले पनि दिन मान्ने प्रक्रिया पूर्वीय र पश्चिमा मान्यतामा फरक छ। पश्चिमा मान्यताअनुसार रातको १२ बजेपछि नयाँ दिन सुरु हुन्छ। अर्थात् एक रातको १२ देखि अर्को रातको १२ बजेसम्म्को अवधि एक दिन हुन्छ । तर पूर्वीय मान्यतामा बिहान सूर्योदय नभएदेखि अर्को दिन सूर्योदय भएसम्मको अवधि एक दिन हुन्छ। सौरमानअनुसार गर्मी महिनामा दिन लामो रात छोटो र जाडोमा दिन छोटो रात लामो हुने बताइन्छ तर दिनमान नै घटबढ हुँदैन।

चान्द्रमानको गणनामा तिथिहरू फरक फरक मापका हुन्छन् । तिथि दिउँसो राति साँझ विहान जतिखेर पनि सुरु हुन सक्छ । वैदिक कालगणनामा भने यस्तो हुँदैन । तिथि र नक्षत्र पूरा मापका हुन्छन् जो सूर्योदयसँग सुरु भएर अर्को सूयोदय नभएसम्म रहन्छन्। 

विक्रम संवत वैशाखकै सेरोफेरोमा सुरु हुने शाके संवत् चैत्रशुक्ल प्रतिपदामा सुरु हुन्छ। अर्थात् यो चान्द्रमानको पात्रो हो। यो वैदिक कालगणना पद्धतिविपरीत पूर्णिमान्त (पूर्णिममा महिना सकिने) शाकेकै गणनापद्धतिमा चल्ने नेपाल संवतलाई नेवार समुदायले आफ्नो मौलिक संवतको रूपमा चलाउँदै आएको छ, जुन कार्तिक शुक्ल प्रतिपदाका दिन सुरु हुन्छ। अमान्त अर्थात् औंसीमा महिना सकिने वैदिक प्रभाव नेपाल संवतमा पनि देखिन्छ। 

प्रतिक्रिया : [email protected]
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.