|

अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो गैरपरमाणु बम अफगानिस्तानमा खसालेको छ। आइएस आतंककारी बसेको सम्भावित स्थानलाई निशाना बनाएर बिहीबार राति बम खसालेको अमेरिकी सेनालाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

अफगानस्तानको नंगरहार प्रान्तमा अमेरिकी सैनिक विमानले 'मदर अफ अल बम्स' नामक जिबियु ४३ बम खसालेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। सन् २००३ मा पहिलोपटक परीक्षण गरिएको उक्त बम यसअघि कहीँ पनि प्रयोग गरिएको थिएन। इरानमा आक्रमण गर्न बनाइएको भनिएको बम अफगानिस्तानमा प्रहार गरिएको हो। अफगानस्तानमा रहेका अमेरिकी सेना र आइएस आतंककारीबीच भएको लडाइँमा १ अमेरिकी सेनाको मृत्यु भएपछि अमेरिकाले बम हानेको हो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानस्तानमा रहेका स्लामिक स्टेटका लडाकु रहेको भवन र सुरुङलाई लक्ष्य गरेर बम खसालिएको बताएको छ। ३० फिटभन्दा लामो बमको तौल ९ हजार ८ सय किलोग्राम रहेको छ।

अमेरिकाले हमलामा परेर कतिजना लडाकु मारिए भन्ने पुष्टि नगरे पनि ठूलो संख्यामा आइएस लडाकु मारिएको एक स्थानीय अधिकारीले बताएको बिबिसीले लेखेको छ। जसमा आइएसका उच्च तहका नेताका भाइ पनि परेको बताइएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता सान स्पाइकरले पनि अफगानस्तानमा बम खसालिएको बताएका छन्। स्पाइकरले भने, 'आइएसका सुरुङ र गुफाहरुलाई निशाना बनाएर बम खसालेका हौं, जहाँ आइएस लडाकु स्वतन्त्र रुपमा घुम्‍नलाई प्रयोग गर्थे। अमेरिकी सेना र अफगान सेनाका लागि ती ठाउँमा बम खसाल्नु सहज थियो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.