|

काठमाडौं : शुक्रबारदेखि काठमाडौंका तीनवटा स्वास्थ्य संस्थामा मिर्गौला प्रत्यारोपण निशुल्क गरिएको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण निशुल्क गरिएको स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए। 

'आजदेखि तीन वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण निशुल्क गरिएको छ, निशुल्क सेवा प्रदानका लागि ती अस्पतालहरुलाई सरकारले डेढ करोड रुपैयाँ दिएको छ' उनले भने। स्वास्थ्य मन्त्री गगन थापाले विश्व मिर्गौला दिवशको अवसरमा वैशाख १ देखि मिर्गौला प्रत्यारोपण निशुल्क गर्ने घोषणा गरेका थिए। 

नेपालमा करिब ३० लाख व्यक्ति मिर्गौला रोगबाट पीडित छन्। बर्षेनी करिब तीन हजारको मिगौला फेल हुने गरेको सरकारी तथ्याङ्क छ। गत वर्ष २ सय २२ जना नेपालीले मिर्गौला प्रत्यारोपण गराएका थिए। हाल देशभरका २१ अस्पतालका २ सय १ डायलासिस मेसिनबाट मिर्गौला रोगीको निशुल्क डायलासिस हुँदै आएको छ।यसअघि गत कात्तिकमा सरकारले मिर्गौला रोगीले गर्नुपर्ने सम्पुर्ण डायलासिस सेवा नि: शुल्क गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.