काठमाडौं : 'तपाईंकी श्रीमतीको पेटमा छोरो छ', डाक्टरको यो वाक्यले हच्किए टंकबहादुर श्रेष्ठका दम्पती। श्रेष्ठ दम्पतीलाई डाक्टरक...
काठमाडौं : २०७३ असार १५ गते थाहाखबरको औपचारिक उद्घाटन भएको हो। पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले थाहाखबरको उद्घाटन गरेका हुन्।
समाचार संकलनको क्रममा कहिले तीता त कहिले रमाइला घटनाको साक्षातकार गर्नुपर्ने हुन्छ। कुनै घटनाले उर्जा दिन्छ भने तीता अनुभवले निराश पनि बनाउँछ। २०७३ सालमा एउटा यस्तै हृदयविदारक घटनाको फोटो खिच्नुपर्ने भयो। अफगानिस्तानको काबुलमा मारिएका नेपालीको शव काठमाडौं ल्याइँदै थियो। पीडित परिवारका आफन्तहरु विमानस्थलमा नै भक्कानिएका थिए। म लगायत धेरै फोटोग्राफरले त्रिभुवन विमानस्थलमा शव ल्याइएको फोटो खिच्यौै।
१२ नेपालीको शव ल्याउँदा शोकमा डुब्यो विमानस्थल, हेर्नुस् फोटोहरु
मलाई पनि वर्षा भइरहेका बेला फोटो खिच्न साह्रै रमाइलो लाग्छ। तर क्यामरा जोगाउनै मुश्किल। क्यामरा तथा लेन्समा पानी पसेमा बिग्रने डर हुन्छ। अर्को किनौं भने पनि सानो रकम होइन। तर पनि यो बर्ष धेरै फोटोहरु वर्षायाममा नै खिचिएछ। सायद यो बर्ष अरु वर्षहरुमा भन्दा बढी पानी परेछ कि!
सिंहदरबार घेर्न गएका विप्लवका कार्यकर्ता झरीले निथ्रुक्कै
१६ फोटोमा हेर्नुस् छाताले ढाकेको आजको काठमाडौं
निथ्रुक्क भिज्दै पशुपति दर्शनको पर्खाईमा महिला, फोटोहरु
पानीले रोकेन ऋषिपञ्चमी पूजा, हेर्नुस् १५ फोटो
झरीमा वसन्तपुर, हेर्नुस् २० फोटो
वौद्धमा अचानक पानी परेपछिको आपत, हेर्नुस् फोटोहरु
चाडपर्व र जात्रा फोटोग्राफरका लागि महत्वपूर्ण इभेन्ट हुन्। यो बर्ष पनि विगतका वर्षमा जस्तै जात्रा र चाडपर्वको फोटो खिच्न व्यस्त भएँ। काठमाडौं उपत्यकामा धेरै जात्राहरु हुने भएङ्काले सबैजसोमा त पुग्न सकिएन। तर जुन ठाउँमा गइयो रमाइलो नै अनुुभव बटुलियो। कुनै जात्रा भने मेरो आफ्नो पनि पहिलो अनुभव भएकोले अझ बढी उत्साहित बनायो।
हरिया पहिरन, मेहन्दी र सेल्फी; साउनको पहिलो दिन पशुपतिमा जे देखियो
२० फोटोमा हेर्नुस्, बसन्तपुरको गाईजात्रा
२० फोटोमा हेर्नुस यो वर्षको इन्द्र जात्रा
२० फोटोमा हेर्नुस्, बसन्तपुरको गाईजात्रा
१२ फोटोमा हेर्नुस्, काठमाडौंका जलासयमा छठपर्वको रौनक
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न, हेर्नुस् फोटो
स्वस्थानी ब्रत आरम्भको दिन यस्तो देखियो शाली नदी (फोटो)
माधवनारायण स्नान गर्नेहरुको भिडले राताम्मे पशुपति, फोटो
भक्तपुरको एेतिहासिक बिस्केट जात्रा, फोटो
सुरु भयो सेतो मच्छिन्द्रनाथको रथ यात्रा, फोटो
मेरो ६ वर्षको पत्रकारिता अनुभवमा चाडपर्व र सभा सम्मेलनमा राष्ट्र प्रमुख र विशिष्ट व्यक्ति र नेताहरु सहभागी हुँदा व्यवस्थित तरिकाले काम गर्न पाइएन। सुरक्षा व्यवस्थाको कडाइ र फोटो खिच्नका लागि उपयुक्त व्यवस्था गर्ने प्रचलन नभएका कारण भीडभाड र धकेलाधकेलबीच नै फोटो खिच्नुपर्छ। यस्तो बेलामा विशिष्ट व्यक्तिलाई सुरक्षाकर्मीले वा उनका सहयोगीहरुले छेकिदिएर राम्रो फोटो लिन सकिदैन।
कसको हो यो हराएको भोटो? रातो मच्छिन्द्रनाथको भोटोजात्राका २० फोटो
राष्ट्रपतिद्वारा शक्तिपीठ दर्शन र पुजा, हेर्नुस् १७ फोटोमा
हनुमान ढोकामा राष्ट्रपति र प्रधानमन्त्रीबाट वसन्त श्रवण, फोटो
फोटोमा हेर्नुस्, पशुपति परिसरमा सुरु भएको विराट महासम्मेलन
प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्मले यसरी मनाए पृथ्वी जयन्ती, हेर्नुस १२ फोटो
सभा जुलुस अान्दोलन पनि हाम्रो नेपालमा पर्व जस्तै भइसकेको छ। बेला बखत आफ्नै ज्यान जोखिममा पारेर पनि काममा खटिनुपर्ने हुन्छ।
निर्वाचन आयोग बाहिर नयाँ शक्ति र प्रहरीको घम्साघम्सी, फोटो
निर्वाचन आयोग बाहिर राप्रपाको धर्ना र झडप, फोटो
काठमाडौंमा एमालेसहित ९ दलले गरेको विरोध प्रदर्शन, १३ फोटो
बानेश्वरमा टायर बालेर एमाले कार्यकर्ताद्वारा विरोध प्रदर्शन, फोटोहरु
फोटोमा हेर्नुस्, सानेपामा नेविसंघ कार्यकर्ता र प्रहरीबीचको झडप
अख्तियार प्रमुखलाई महाअभियोग लगाउन माग गर्दै काठमाडौंमा मार्चपास, २५ फोटो
यस्तै समाचार संकलन रस्साकस्सी र दौडादौड गर्दै फोटो खिच्दै यो वर्ष सकिएछ। २०७३ सालमा खिचिएका थप फोटोहरु हेर्नका लागि तलको लिंकमा जान सक्नुहुन्छ। नयाँ वर्ष २०७४ को सबैमा शुभ कामना।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।