|


गत वर्ष जस्तै

उसै गरी छाडेर गएको छ
झन् बूढो पारेर हामीलाई
–    उही पुरानो सालले
र आजबाट सुरुवात भएको छ– नयाँ युगको।

भित्तामा झुण्डिएको क्यालेण्डर
बिस्तारै सुरक्षित झिकिएको छ
र बोकेर उल्लासपूर्वक
नवदुलहीझैँ
शृंगारिएर भित्रिएको छ घरमा
–    एउटा नयाँ अनुहारको क्यालेण्डर।

फेरिएका छैनन्
दुरुस्तै छन्– उही पुराना हरेक चीज
जस्तो कि–
दिन
गते
बार
महिना

फेरिएको त वर्ष मात्र हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.