मलाई हैन साल युगलाई फेरिएको छ
मूर्खहरूको पनि मूर्ख्याइँ फेरिएको छ
उसले सहर पसेदेखि गाउँ बिर्सियो
हेर्नुस् पूरै लवाई-खवाई फेरिएको छ
दुनियाँ बद्लिएको कुरा गर्छौ तिमी
यहाँ विहेपछि मेरो दाइ फेरिएको छ
जब छोरी यौवनावस्थामा पुगिन्
छोरीप्रति बाबुको हेराइ फेरिएको छ
हिजो देखिन्थ्यो जून आज देखिँदैन
कि यो गगनको गोलाइ फेरिएको छ?
तपाईंको ईमेल गोप्य राखिनेछ ।