साहित्य

चार मुक्तक
SHARES

बैशाख १, २०७४

    १)

    फुलेर लालीगुराँस बनै ढाकियोस्
    चम्केर चन्द्र-सूर्य इज्जत राखियोस्
    आयो है आयो नयाँ वर्ष पोहोरझैँ
    यस वर्ष शान्ति पनि सँगै डाकियोस्।

     

    २)

    सुखद क्षण सम्हाल्न पनि बेरै भैसकेछ
    जीवनको घाम टाउकोनेरै भैसकेछ
    सम्झनुपर्ने नि कति हो कति जीवनमा!
    यसरी नहाँसेको नि धेरै भैसकेछ।

     

    ३)

    कोइली सम्झिएर दैलोमा काग राख्दा लाजैमर्नु भो
    देश ब्यूँझाउन शहीदको रगतको दाग राख्दा लाजैमर्नु भो
    अति भयो, देश र परदेशको अर्थ थाहा नहुने कुलङ्घारले
    आफ्नै देशमा, देश खारेजीको माग राख्दा लाजैमर्नु भो।

     

    ४)

    आकाशले सबै काला अनि सेता बादल धोएको छ
    कोही मरिमरी हाँसेको त कोही बेस्सरी रोएको छ
    यो उज्यालोले पक्कै परिवर्तन ल्याउने छ जीवनमा
    आज आनन्दले सागर र सागरले क्षितिज छोएको छ।

आनन्द श्रेष्ठ

स्रष्टा श्रेष्ठका 'आनन्दै छ जिन्दगी' र 'आनन्दको सिर्जना' दुई गजलकृति प्रकाशित छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]