|

उदयपुर :   नयाँ वर्ष २०७४ सालको शुभ उपलक्ष्यमा उदयपुर जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूका लागि पुस्तक तथा खेल सामाग्री वितरण गरिएको छ। स्थानीय समाजसेवी भागवत राउतको सक्रियता र उदयपुरका साहित्यकार, समाजसेवी, र स्थानियको सहयोगमा सामग्रीहरु वितरण गरिएको हो।

कारागारमा रहेका कैदीबन्दीहरुलाई सिर्जनात्मक र रचनात्मक बनाउनका लागि पुस्तक उपयोगी हुने साहित्यकार राममणि पोखरेलले बताए। देश चलाउने प्रमुख व्यक्तिहरु पनि जेल जीवन बिताएरै आएकाले जेल जीवनलाई एक काल खण्डका रुपमा स्विकार्दे अघि बढी यसलाई सहज रुपमा बिताउनका लागि अनुरोध गरे। कार्यक्रममा स्थानीय समाजसेवी भागवत राउतले भगवान् श्रीकृष्ण पनि जेलमै जन्मिएको स्मरण गराउँदै जेल जीवनलाई निराशमय नबनाई यो समयलाई सदुपयोग गर्न सके ठूलो उपलव्धि हासिल गर्न सकिने बताए।

कार्यक्रममा बोल्दै साहित्यकार बिपी कोइरालाको साहित्य जीवन जेलवाटै सुरुवात भएको र जेल जीवनमै उनले सबै कृतिहरुको सिर्जना गरेको बताए। हाल उदयपुर कारागारमा जम्मा १ सय ३१ जना कैदी रहेको जेलर मुकुन्द ढकालले जानकारी दिए। जसमा महिला कैदी ३ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.