|

दाङ : जिल्लामा आधुनिक सुविधा सम्पन्‍न फिल्म हल सञ्‍चालनमा आउने भएको छ।  मनाटावरमा बन्‍न लागेको मनकोशी सिनेप्लेक्समा दाङका प्रतिष्ठित व्यापारीहरु ओम जैशी , सुनिल राजभण्डारी र ललित श्रेष्ठको संयुक्त लगानी रहनेछ।

नव वर्ष ०७४ सालको अवसर पारेर आज घोराहीमा यस हलको शिलान्यास गरिएको छ। २ करोड ५० लाखको लागतमा निर्माण सुरु हुन लागिएको सिनेप्लेक्सले आउँदो माघबाट आफ्नो सेवा सुरु गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।

अत्याधुनिक सुविधा सहित एसी, डल्बी म्युजिक सिस्टम, क्रिष्टल किलियर पिक्चर, आरामदायी फोल्डिङ र चमेना गृहसहित सिनेमा हल संञ्चालन गर्न लागिएको जानकारी कार्होयक्रममा दिइयो। सञ्चालक ओम जैशीले नेपालका 'फोर के' प्रविधि जडान गरी सुविधा सम्पन्‍न हल बनाउने लक्ष्य राखिएको बताए।  घोराही न्युरोडल स्थित मनाटावरमा टप फ्लोरमा बन्‍न लागेको यस हलको दर्शक क्षमता १ सय ६० रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.