|

गुल्मी : नयाँ शक्ति पार्टी नेपालका गुल्मी जिल्ला संयोजक पुनराम ज्ञवाली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीसहितका जिल्ला कमिटीका थुप्रै नेताहरु माओवादी केन्द्रमा आबद्ध भएका हुन्।

उनीहरुले नयाँ शक्ति पार्टीको गुल्मी जिल्ला कमिटी र माओवादी पार्टीको गुल्मी जिल्ला कमिटीबीच एकता भएको दाबी गरेका छन्। नयाँ शक्ति पार्टीले नेपालको आर्थिक समृद्धि, राज्यको पुनर्संरचना लगायत विषयमा लिएको अडान र नितिको आधारमा संगठित भएपनि पछिल्लो समय जातीय तथा क्षेत्रीय पार्टी निर्माण गर्ने गरेका कारण माओवादी केन्द्रसँग एकता गरेको ज्ञवालीले बताएका छन्।

यता, नयाँ शक्ति पार्टी नेपाल गुल्मीले पार्टीका केही नेताहरु मात्र अन्य पार्टीका गएको जनाएको छ। पार्टीका सचिवालय संयोजक जनक पन्थद्धारा हस्ताक्षरित विज्ञप्तीमा नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद गुल्मीका केही व्यक्तिहरुले पार्टीको लेटर प्याड र संस्थागत छाप दुरुपयोग गरि मनोमानी ढंगबाट नयाँ शक्ति पार्टी माओेवादी केन्द्रमा एकिकरण भएको भनी प्रेस बिज्ञप्ती जारी गरिएकोप्रति नयाँ शक्ति पार्टी नेपाल गुल्मीको संचिवालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

एकिकरणको दाबीसहित जिल्ला संयोजक पुनराम ज्ञवालीले सार्वजनिक गरेको विज्ञप्ति : 

एकिकरण नभएको र केही व्यक्तिमात्रै माओवादी प्रवेश गरेको भन्दै याँ शक्तिले निकालेको विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.