मनोरञ्जन

मौलिक कथामा 'झमकबहादुर' निर्माण हुँदै
SHARES

बैशाख १, २०७४

    काठमाडौं : मौलिक नेपाली कथामा  फिल्म 'झमक बहादुर' निर्माण हुने भएको छ।  काठमाडौँ र पोखरामा छायांकन हुने यो फिल्मको कथा  राजेन भूजेलले लेखेका हुन्।

    भोमन कटुवालको निर्देशन रहने फिल्ममा नायक अनुप विक्रम शाही, मिन बहादुर तामाङ, यादव प्रसाद देवकोटा (सरापे), सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रविन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको मुख्य भूमिका रहने जानकारी निर्माण पक्षले पत्रकार सम्मेलनमा दिएको छ।

     तारादेवी गुरुङ, आर्जन खड्का र जेनी रेग्मीले संयुक्त रुपमा यस फिल्म निर्माण गर्न लागेका हुन्। धनी र गरिबबीचको द्धन्द्धलाई फिल्ममा देखाउन खोजिएको निर्माण पक्षले जानकारी दिएको छ। यूबी फिल्मस् ग्यालरीको ब्यानरमा यो फिल्म निर्माण हुनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]