|

कावासोती : नवलपरासीको दाउन्नेमा नयाँ बर्ष मनाएर फर्कने क्रममा दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। शुक्रबार राति करिब २ बजे दाउन्नेबाट दुम्कीबास तर्फ गरेको लु २६ प ५१२ नम्बरको मोटरसाइकल सडकबाट २५ मिटर तल खस्दा दुम्कीबास ५ का २७ वर्षका चन्द्रन मासेटको मृत्यु भएको हो।

दाउन्ने बजारदेखि १ किलोमिटर पूर्वतर्फ सडकबाट मोटरसाइकल अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले बताए। मदिरा सेवन गरेर सवारी चलाउदा मासेटको मृत्यु भएको प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.