|

उदयपुर : थारु समुदायको विशेष महत्त्व बोकेको पर्व सिरुवाको अवसरमा गरिएको महोत्सव सम्पन्न भएको छ। थारु कल्याणकारिणी सभा उदयपुर र खाट मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा त्रियुगा नगरपालिका–८ उत्तरवारी टोलको कृष्ण शरण सरस्वती खाट मन्दिर परिसरमा शुक्रबार महोत्सव आयोजना गरिएको हो। 

यस पर्वमा रातभर जाग्राम बसी थारु संस्कृतिका भजनकृतन गाउने प्रचलनलाई परिमार्जन गरी दिनभर महोत्सव गरेको थारु कल्याणकारिणी सभाका अध्यक्ष शिवकान्त चौधरीले जानकारी दिए । महोत्सवमा थारु संस्कृतिका पहिरन, वेशभूषा, खानालगायत सामग्री राखिएका थिए।

नयाँ वर्ष प्रारम्भ भएको दिनलाई थारु संस्कृतिमा सिरुवा भन्ने चलन छ।  यो पर्व थारुसमुदायका साथै मैथिल,राजवंशी, गनगाई, ताजपुरियालगायतले आआफ्ना धार्मिक एवम् सांस्कृतिक महत्वका साथ मनाउने गर्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.