|

चितवन : नयाँ वर्ष र दुई दिन लगातार बिदा परेकाले तीनदिनदेखि सौराहाका होटलहरु पर्यटकले भरिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। ‘करिव एकसय प्रतिशत नै पर्यटक आएका छन्, यसमा ६० प्रतिशत आन्तरिक पर्यटक छन्,अध्यक्ष घिमिरेले भने, मुग्लिन सडकलगायत बाटोघाटोको समस्याले फेरि पर्यटक घट्ने चिन्ता यथावत छ।’

तैपनि अहिले पर्यटकको उपस्थितिले उत्साहित बनाएको व्यवसायीहरु बताउँछन्। नयाँ वर्षमा पर्यटक आगमन राम्रो देखिएपछि वर्षभरि पर्यटक आउने आशामा उनीहरु उत्साहित भएका हुन्। ‘चैत ३१ गते राति सौराहमा पर्यटकले प्रत्येक होटल भरिएका थिए, क्षेत्रीय होटल संघका महासचिव राममणि खनालले भने, आजसम्मै पर्यटकहरुको चहलपहल राम्रो छ।’

नयाँ वर्ष बिदा भएको र आज शनिबारसमेत परेकाले पर्यटकहरुले बसाइ लम्याएका हुन्। सौराहामा रहेको होटल पार्क साईडका व्यवस्थापक कुश सापकोटा नयाँ वर्षको अवसरमा होटलका २७ वटा कोठा लगभग भरिएको बताउँछन्।

भूकम्प र नाकाबन्दीका कारण त्रसित भएका व्यवसायीहरु एनआरएनए तथा पर्यटक बोर्डले नेपालमा अतिथिदेवो भवः अभियानसमेत सञ्चालन गरिएको छ। नयाँ वर्षमा होटल भरिएको बताउँदै अर्किट होटलका सञ्चालक जितु तामाङ अभियानले पर्यटक आगमन बढाउन सहयोग पुग्ने आशा पलाएको बताछन्।

सौराहामा रहेको होटल वाइल्डलाइफ क्याम्पको ४३ वटा कोठासमेत भरिएको व्यवस्थापक लभ सापकोटा बताउछन्। यता युनिक वाइल्ड रिसोर्टमा पनि यसपालि नयाँ वर्षमा पर्यटक आगमन राम्रो रहेको सञ्चालक प्रकाश भट्टराई बताउछन्।

चितवनको सौराहामा हाल सुविधायुक्त १ सय १० भन्दा बढी होटल छन्। यहाँ दैनिक २ हजार ८ सय जना पर्यटक बस्न सक्ने क्षमता छ। पछिल्लो समयमा होटल थपिने क्रम बढेकाले विगतभन्दा पर्यटक आगमन राम्रो भए पनि औसतमा बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ।

संघका अध्यक्ष सुमन घिमिरे सौराहाको क्षमताभन्दा ३० देखि ४० प्रतिशत नियमित रुपमा पर्यटक आएकाले सोचेअनुसार हुन नसकेको बताउछन्। जिल्लामा करिव क्षमताको ७० प्रतिशत पर्यटक आगमन भएमा मात्रै सौराहाकामा पर्यटन व्यवसाय फस्टाउन सक्ने उनले बताए। चितवनमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटेबाघ, तथा विभिन्न जिवजन्तु अवलोकनका लागि बढी पर्यटक आउने गर्दछन्।       

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.