|

एजेन्सी : निर्देशक श्रीजीत मुर्खजीको पहिलो बलिउड फिल्म 'बेगम जान' भारत स्वतन्त्र हुनअघि पन्जावमा रहेको एक कोठीकी मालिक्नीको वरपर घुमेको छ। सन् १९४७ मा भारत स्वतन्त्र हुने भएपछि भारत र पाकिस्तानको विभाजन गर्नका लागि राडक्लिफ लाइन तयार गरिन्छ। यो लाइन बेगम जानको कोठीको बीचबाट जान्छ। उनी आफ्नो कोठी भत्काउन तयार हुन्नन्।

उनको कोठी यस गाउँमा सबैका लागि सामान्य हुन्छ। राजादेखि पुलिस, ब्रिटिस अफिसर, गरिब, धनी, सबै जात र धर्मका मानिसहरु यस कोठीमा धाउँछन्। तर 'बेगम जान'को कोठीमा काम गर्ने महिला र पुरुषहरुको समाजमा बेइज्जत मात्रै हुन्छ। यो फिल्म सन् २०१५ को बंगाली फिल्म 'राजकाहिनी' को रिमेक हो। फिल्ममा विद्या वालनले 'बेगम जान'को भुमिका निर्वाह गरेकी छन्।  

यस फिल्मले पुरुषप्रधान समाजमा महिलाहरु आफ्नै ढंगले बाँच्न र मर्न सक्छन् भन्ने देखाउन खोजेको छ। फिल्मको सुरुवातमा बलात्कारीको पञ्जाबाट एक युवतीलाई जोगाउनका लागि आफ्नो कपडा खोल्ने वृद्ध तथा अन्त्यमा पुलिसको पञ्जाबाट आफ्नी आमालाई जोगाउन कपडा खोल्ने बालिकाको कनेक्सन सही छ। 

'बेगम जान' आफ्नो तम्बाखुको पाइप तान्छिन्। र बादलसरी धुवाँ उडाउँछिन। बेगमले धुवाँ फालेपछि चराहरु बोल्न थाल्छन्। चराहरुसँग कुरा गर्छिन्। त्यसपछि चराहरु उड्छन्। 

कहिलेकाँही बादल आफैं वर्षन्छ र मानिसहरुको मुहारमा पानीको फोका पर्छ। उनीहरु दयाका लागि बेगम जानलाई धन्यवाद दिन्छन्। बेगम जान यसरी प्रमुख पात्रप्रति न्याय गर्ने फिल्म हो।  

साधारण सेटअपमा पनि विद्या वालनले आफ्नो असाधारण अभिनय देखाएकी छिन्। । फिल्ममा उनले जबर्जस्त डायलग मात्रै बोलेकी छैनन्। उनको एक्सन र अनुहारमा देखिने भावले पनि धेरै बोलेको छ।

विद्या वालनलाई केन्द्रीय भूमिकामा देखाउन यस फिल्ममा निर्देशनक श्रीजीत मुखर्जीले धेरै जोखिम उठाएकी छिन्। तर कुनै गल्ती छैन्।

'घरबार त्यागेर पाएको स्वतन्त्रताको महत्व कति हुन्छ?'

'स्वतन्त्रता पुरुषहरुका लागि हो। महिलाहरु कहिले स्वतन्त्र छन्?'

यी र यस्तै थुप्रै विषय फिल्मले उठाएको छ। महिलालाई कमजोर सोच्ने समाजका लागि यो फिल्म गतिलो झापड हुनसक्छ। फिल्ममा कोठीमा काम गर्ने महिलाहरुको माया, कोठीमा काम गर्ने महिलाहरुप्रति पुरुषले देखाउने वास्तविक माया र झुठो माया देखाइएको छ। 

यस फिल्ममा विद्या वालनका दुई चरित्र छन्। एक आफैंलाई फेरि सुरुवात गर्न चाहने बेगम र दोस्रो आफ्नो वरपर भइरहेका वातस्विक परिवर्तनलाई देखेर आश्चर्यमा पर्ने बेगम। जसले आफ्नो खुट्टामुनि पृथ्वी नै घुमेजस्तो सोच्छिन्।  दोस्रो पाटो निकै उत्कृष्ट छ।

नसुरुद्दिन शाहसँग उनका दुई आश्चर्य जनक सिनहरु छन्। बेगमको कोठीमा आउने राजा निकै अल्छी छन्। उनी संगीत नसुनेसम्म सेक्स गर्न सक्दैनन्। प्रत्येक चाल चाल्नुअघि चेसका गोटी चाल्छन्।

जब राजाका लागि नयाँ कपडामा सजिएर बेगम आउँछिन्। तब दुई पात्रबीचको संवाद निकै उत्कृष्ट देखिन्छ। उनीहरुको भेटले पुरानो रोमान्सको झल्को दिन्छ। चलिरहेको दुखद राजनीतिक वास्तविकताका विषयमा बेगमले राजासँग कुराकानी गर्छिन्।

'यो जमिनमा फुल्ने सबै फुलहरुमा पहिलो हक कस्को हुन्छ?' राजाले सोध्छन्,'तपाईको,' बेगमको जवाफ हुन्छ। राजाले जवाफ काट्दै भन्छन्,'होइन यो राजाको अधिकार हो।'

छोटो रोलमा पनि नसुरुद्दिनको अभिनय तारिफ योग्य छ। फिल्ममा चंकी पान्डे निकै उत्कृष्ट देखिएका छन्। भिलेनको रुपमा उनको अभिनयले बलिउडमा अझै उनको आवश्यकता महसुस गराउँछ।

फिल्मका निर्देशक श्रीजीत मुखर्जीमा फिल्मलाई कमर्सियल बनाउने या वास्तविक प्रस्तुती देखाउने भन्ने दुविधा देखिएको छ।  १ घण्टा ३७ कहिले डकुमेन्ट्री जस्तो त कहिले कमर्शियल फिल्मजस्तो देखिन्छ।

फिल्मका केही दृश्यमा सिनेमाटोग्राफीको असुहाउँदो प्रयोग छ।  दुई पात्र इलियास र हरिप्रसादको संवाद देखाउँदा उनीहरुको अनुहार आधा-आधा मात्रै देखिन्छ। भारत र पाकिस्तानको विभाजनको संकेत गर्न उनीहरुको अनुहार आधा-आधा देखाउन खोजिएको हो। तर पटक-पटक यस्ता दृश्य स्क्रिनमा देखिदाँ दर्शकहरुले झन्झटिलो अनुभव गर्छन्।

एक स्विक्वेन्सलाई अर्को स्विक्वेन्समा जोड्न खोजिएको छ। फिल्ममा विद्या वालन बाहेक इला अरुण,गौहर खान, पल्लवी शारदा लगायतका थुप्रै प्रतिभावान् कलाकार छन्। तर विद्या हाबी देखिएकी छिन्। समग्रमा फिल्म राम्रो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.