|

जनकपुर : अपहरणमा परेका भनिएका ८ वर्षीया बालक आफ्नो शौचालयमा मृत अवस्थामा भेटिएका छन्। धनुषाको जनकपुर उपमहानगरपालिकाको वडा नं. १४ मुजेलियाका बालक आफ्नै घरको शौचालयमा मृत अवस्थामा भेटिएका हुन्।

मृत्यु हुनेमा ८ वर्षिया बालक कृष्णा राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। गत बिहीबारदेखि हराइरहेका ती बालक नाला विवादको क्रममा अपहरणमा परेको भन्दै मृतकका बुबा श्रीप्रसाद राउतले जिल्ला प्रहरी कार्यालय धनुषामा उजूरी दर्ता गराएका थिए। उनको उजूरीपछि प्रहरीले खोजतलासको क्रममा घरकै शौचालयमा मृत अवस्थामा उनलाई भेटेको जानकारी दिएको छ।

बालक खोज्न तीन दिनदेखि लागेको प्रहरीले घरकै मानिसमाथि आशंकाको आधारमा घर खानतलासी गर्दै जाँदा उनको शव भेटेको थियो। शौचालयको हद फोडेर बालकलाई मारेर त्यसमा राखेको र पछिबाट प्लाष्टर गरेर ढाकछोप गर्न खोजेको देखिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा मृतकका बुबा श्रीप्रसाद राउत र सौतेनी आमा रीना देवी राउतका साथै उनका ज्वाँई र नातीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आरोपित राउतले पाँच वटा विवाह गरेका थिए। जसमध्ये मृतक कृष्णा उनकी तेस्री श्रीमतिपट्टीका छोरा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.