|

डडेल्धुरा : प्रदेश नम्बर ७ मा गएको पछिल्लो १ महिनामा सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन्। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गएको वर्षको चैत महिनाभर भएका १३ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको हो।

दुर्घटनामा १२ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रदेश नम्बर ७ मा सबै भन्दा बढी कैलालीमा ८ जनाले ज्यान गुमाएका छन् भने डडेल्धुरा, अछाम र कञ्चनपरमा १–१ जना गरी ११ जनाको मृत्यु भएको प्रहरी कार्यालले जनाएको छ। 

सवारी दुर्घटनामा १८ वटा सवारी साधनहरु संलग्न रहेको समेत कार्यालयले जनाएको छ। गएको महिना ठूलो संख्यामा सवारी साधनहरु कारबाहीमा समेत परेका छन्। फागुनमा ४ हजार २ सय ८८ वटा मात्रै सवारी साधन कारबाहीमा परेकोमा चैत महिनामा भने त्यो संख्या बढेर ४ हजार ४ सय ९७ पुगेको छ।

 ट्राफिक नियमको उलङ्घन गरेका ती सवारी साधनहरुलाई कारबाही गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। कारबाहीमा परेका ती सवारी साधनहरुबाट जरिवाना बापत २५ लाख २८ हजार पाँच सय  राजश्व संकलन भएको कार्यालयले जनाएको छ। यसअघि २०७३ को फागुन महिनामा सवारी दुर्घटनामा परी प्रदेश नम्बर सातमा १५ जनाले ज्यान गुमाएका थिए भने २३ जना गम्भिर घाइते समेत भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.