पत्थर रूप अघि सारी हेला हुँदै छु नभन तिम्रो ठाउँमा बस्नेछु म प्रभु तिमी मान्छे बन। यही गजल हो, झापा दमकका युवा साहित्यकार घनश्याम पथिकल...

दाङ : घोराहीमा शनिबार ११ कविहरुले संयुक्त रुपमा लेखेको महाकाव्य 'जियालो' लोकार्पण गरिएको छ। नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाले महाकाव्य लोकार्पण गरे।
राप्ती सहित्य परिषद्सहित जिल्लामा क्रियाशील आधा दर्जन साहित्यिक संघ-संस्थाहरुको संयुक्त आयोजनामा लोकार्पण कार्यक्रम भएको थियो। दाङकी कवि बुनु लामिछाने, कविहरु वसन्तकुमार शर्मा नेपाल, मुकुन्द शर्मा चालिसे, गोविन्दप्रसाद वेदमणि, डम्बरप्रसाद घिमिरे, लक्ष्मीकुमार कोइराला, बाजुराम पौडेल, गणेश घिमिरे, खगेन्द्र खोल्साघरे, .मधुसूदन लामिछाने, र उपमा आचार्यले संयुक्त रुपमा जियालो महाकाव्य लेखेका हुन्।
नयाँ वर्षको अवसर पारेर महाकाव्यको लोकार्पण गरिएको राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनालले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।