|

दाङ : शनिबारबाट जिल्लामा निर्वाचन शिक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय दाङबाट निर्वाचन शिक्षा सम्बन्धि तालिम लिएका निर्वाचन शिक्षा कार्यकर्ताले आजदेखि आ-आफ्नो कार्यक्षेत्रमा कार्यक्रम सुरु गरेका हुन्।

वैशाख १ गते देखिको नियुक्ति लिएका दाङका निर्वाचन शिक्षा कार्यकर्ताले १ गते बिदा परेका कारण शनिबारदेखि काम सुरु गरेको दंगिशरण गाउँपालिकाका निर्वाचन शिक्षा कार्यकर्ता समन्वयकर्ता देविराम कुसारीले जानकारी दिए। उनले दंगिशरण २ सिमलकुनाको दलित बस्तीमा शनिबार मतदाता शिक्षाा कार्यक्रमअन्तर्गत निर्वाचन र मतदादताको महत्वका विषयमा जानकारी गराएका छन्।

दाङका २ उप-महानगपालिका, १ नगरपालिका र ७ गाउँपालिमा ३ सय ४५ जना निर्वाचन शिक्षा कार्यकर्तालाई खटाएको जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र गिरीले जानकारी दिए। उनले उप-महानगरपालिका नगरपालिका र सबै गाउँपालिकामा कार्यक्रम सुरु भइसकेको बताए। 

निर्वाचन शिक्षा कार्यकर्ताले सम्बन्धित गाउँपालिका र नगरपालिकाको कार्यालयमा प्रत्येक साताआफुले गरेको कामको प्रगती प्रतिवेदन बुझाउनु पर्ने जिल्ला निर्वाचन कार्यालय दाङका तालिम संयोजक वेगम केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.