|
Photo : Goal.com

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा टोटनह्याम हट्सपरले उपाधिको आशा जीवितै राखैको छ। यद्यपी टोटनह्याम १ खेल कम खेलेको लिग लिडर चेल्सीभन्दा ४ अंकले पछि छ।

लिग लिडर चेल्सीमाथि दबाब कायम राख्नेक्रममा गएराति टोटनह्यामले बर्निमाउथलाई ४-० ले पराजित गर्‍यो। उसको जितमा ह्यारी केन, भिन्सेन्ट जेसन, मोउसा डेम्बेले र हेउङ मिङ सोनले १-१ गोल गरे।

जितसँगै ३२ खेलबाट टोटनह्यामको ७१ अंक पुगेको छ। जबकि ३१ खेल खेलेको चेल्सीले ७५ अंक जोडेको छ। तालिकामा ६४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो र ६३ अंक जोडेको लिभरपूल चौंथो स्थानमा छन्।

गएराति नै भएका अन्य खेलमा म्यान्चेस्टर सिटीले साउथम्पटनलाई ३-०, एभर्टनले बर्नली तथा स्टोकले हलसिटीलाई ३-१ र वाटफोर्डले स्वान्सी सिटीलाई १-० ले पराजित गरे। क्रिस्टल प्यालेस र लेस्टर तथा सण्डरल्याण्ड र वेस्टह्यामले भने बराबरी खेलेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.