कावासोती : नवलपरासीको बर्दघाटमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बर्दघाट ५ बन्दखोला भित्री सडकखण्डबाट पालडाँडा तर्फ जाँदै गरेको लु १ ख ८१३८ नम्बरको बसले शनिबार राति ८ बजेको समयमा पैदल यात्रीलाई ठक्कर दिँदा उक्त्त दुर्घटना भएको हो। मृत्यु हुनेमा सोही ठाउँका वर्ष २२ का सुनील चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि दाउन्नेदेवी सामुदायिक अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।