|

नेपालगन्ज : गर्मी बढेसँगै बाकेको नेपालगन्जमा ३८ डिग्री तापक्रम पुगेको छ। अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको तापक्रम यसरी ह्वात्तै बढेको हो। अधिक तमक्रम र ज्यादा गर्मीका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक बिहान र बेलुका घरबाट बाहिर निस्कँदैनन्। गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको तथा बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ। 
वैशाखको सुरुवातसँगै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन्। जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ३५/४० जना विभिन्न सरुवा रोगका बिरामी उपचार गर्न आउने गरेको जनाइएको छ। यस वर्षको गर्मीयाम सुरु भएयता बाँके जिल्लामा पानी पर्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.