|

उदयपुर : आइतबार मोवाइल चार्ज गर्ने क्रममा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १० बोक्से करमगाछीका १६ बर्षका चित्रबहादुर बिकको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्रियुगा नगरपालिका २ जोगिदहमा दिदीको घरमा गएका विक मोवाइल चार्ज गर्ने क्रममा करेण्ट लागि घाइते भएका थिए। उनलाई उपचारका लागि सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटोमै मृत्यु भएको उदयपुरका डिएसपी ओमबहादुर राना मगरले जानकारी दिए। करेण्ट लाग्दा विकको देव्रे हातको बुढी औलामा चोट लागेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.