|

काभ्रे : जिल्लाको ५ वटा स्थानीय तहमा निर्वाचन अधिकृत महिला रहने भएका छन्। जिल्लाको १३ वटा निर्वाचन क्षेत्रमध्ये ५ वटा निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतमा महिलाहरु रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मधुकर पोख्रेलले बताए।

तीमध्ये पनौती नगरपालिकाको निर्वाचन अधिकृतमा दुर्गादेवी देवकोटा, पाँचखाल नगरपालिकाको निर्वाचन अधिकृतमा विष्णुकुमारी भट्टराई, बनेपा नगरपालिकाको निर्वाचन अधिकृतमा कमला गिरी भारती, मण्डन देउपुर नगरपालिकाको निर्वाचन अधिकृतमा सिर्जना तिवारी र भूम्लु गाउँपालिकाको निर्वाचन अधिकृतमा लक्ष्मीदेवी होमागाई रहेका छन्।

तिनीहरुमा पनौती, बनेपा, पाँचखाल र मण्डन देउपुर नगरपालिकाका निर्वाचन अधिकृतहरु सम्बन्धित नगरपालिकाका कार्यकारी अधिकृत नै रहेका छन् भने भुम्लु गाउँपालिकाको निर्वाचन अधिकृतमा भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहेको जिल्ला निर्वाचन अधिकारी पोख्रेलले जानकारी दिए।जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा निर्वाचन केन्द्र रहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.