|
फोटो: एएफपी

  • फ्रैंक गार्डनर-

राष्ट्रपति चुनावका क्रममा अरब देशहरूमा ट्रम्पको छवि मुस्लिम र महिलाविरोधी नेताका रूपमा थियो। उनी आममानिसका बीच मजाकका पात्र थिए।
तर अब अरबीहरूबीच उनको छबि परिवर्तन भइरहेको देखिन्छ। उनी सन् १९९१ मा कुवेतलाई इराकबाट स्वतन्त्र बनाउने पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच डब्लु बुस जस्तो लोकप्रियता कमाइरहेका छन्।

छविमा परिवर्तन

सवाल यो हो कि आखिर यस्तो के भयो कि ट्रम्पको छविमा यस्तो परिवर्तन देखिइरहेको छ र अरब देशहरूको नजरमा ट्रम्पका लागि प्रेमभाव कहिलेसम्म रहला?
एक भाषणमा ओवामाले कल्पना गरेका थिए कि मुस्लिम र पश्चिमा देशहरूमा लोकतन्त्रमा विश्वास गर्नेहरू साथै काम गर्नेछन्। 

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामाप्रति अरब देशहरूमा धारणा बुझ्न खोज्दा केही मानिस उनीसँग निराश देखिए। यो निराशा खासगरी मध्यपूर्वको सम्बन्धमा उनका नीतिहरूलाई लिएर देखिन्थ्यो।

ओवामाप्रति निराशाको सुरुआत सन् २००९ मा काहिरामा उनले गरेको भाषण ‘एउटा नयाँ सुरुआत’ बाट भयो।

यस भाषणपछि अमेरिका र अरब देशहरूका बीच मित्रताको एउटा नयाँ अध्याय सुरु हुनुपथ्र्यो। अरब देशहरूले ओवामा प्रशासनसँग निकै धेरै आशा राखेका थिए, जुन तुरुन्तै निराशामा परिणत भए। यसपछि अरब विश्वले सिरियाली युद्ध हातबाट बाहिर गएको देखे।

तर ओवामाप्रति मानिसको भरोसा तब टुट्यो, जब दमास्कसबाहिर आमनागरिकमाथि रसायनिक हतियारबाट आक्रमण गरियो। यसका साथै इजरायल–प्यालेस्टाइन शान्तिवार्ता पनि अगाडि बढ्न सकेन।

अरबी नागरिकका लागि यी सबैभन्दा बढी निराशाजनक कुरा इरानप्रतिको नरम व्यवहार थियो। यसबाट एउटा आशंका पैदा भयो कि अमेरिका अरब देशहरूका साथ आफ्नो सम्बन्ध टाढा बनाउने प्रयास गरिरहेको थियो।

सिरियामाथि मिसाइल आक्रमणको अरब देशहरूमा स्वागत गरियो। गल्फ रिसर्च सेन्टरमा सुरक्षा एवं रक्षा विभागका निर्देशक मुस्तफा अलानी भन्छन् कि अरब देशहरूका सडकमा पनि मानिस ओवामाबाट निराश भएका थिए।

उनीहरू भन्छन्, ‘ओवामा कार्यकालमा हामीले इस्लामिक स्टेट चम्किरहेको देख्यौँ र मध्यपूर्व क्षेत्रमा रुसको प्रवेशका साथ इरान तीब्र गतिमा बढेको देख्यौँ।’

ट्रम्पको शानदार सुरुआत

ट्रम्पले राष्ट्रपति पद सम्हाल्दै केही मुस्लिम बहुसंख्यक देशहरूका यात्रीलाई प्रतिबन्ध लगाइदिए। यी देशहरूले कहिल्यै पनि अमेरिकामाथि आक्रमण गरेका थिएनन्।

तर यी प्रतिबन्धलाई अरब देशहरूले बेवास्ता गरिदिए। यस्तो ट्रम्पको सिरियाप्रतिको व्यवहारपछि भएको हो।

सामाजिक मिडियामा केही दिनयता ह्यास ट्याग ‘वी लभ यु ट्रम्प’ अथवा ट्रम्प तिमीलाई हामी माया गर्छौँ’ ट्रेन्ड खुबै चल्यो।

मानिसलाई यो मनपरेको छ कि ट्रम्प दृढ निश्चयका साथ कारवाही गर्छन्। ओवामालाई यस क्षेत्रमा कमजोर, निर्णय लिनमा कमजोर र मध्यपूर्वप्रति बेपरवाह व्यवहारका लागि चिनिन्छ।

अरब देशहरूमा सत्ताको केन्द्रमा ह्वाइट हाउसमा एउटा नयाँ टिमलाई राहतका रूपमा हेरिन्छ। मिश्र देशका राष्ट्रपति अब्दुल फतह अल–सिसीलाई अमेरिका यात्राका क्रममा शानदार स्वागत गरियो। ट्रम्पको तर्फबाट तारिफ त प्राप्त भयो तर मिश्रमा राष्ट्रिय सुरक्षाको नाममा मानवअधिकार उल्लंघनको मामलामा निकै थोरै मात्र कुरा भइरहेको छ।

यमनमा ओवामा प्रशासन साउदी हवाई आक्रमणमा निर्दोष मानिसको हताहत भएबाट यति रुष्ट भयो कि हुती विद्रोहीसँग लड्नका लागि साउदी अरबलाई सैन्य सहयोग दिन इन्कार ग¥यो। ट्रम्पले ओवामाका निर्णयलाई निरस्त गरिदिएका छन्।

ओवामा प्रशासनलाई साउदी अरब र बहराइनका मानवअधिकार उल्लंघनका मामलालाई लिएर ठूलो चिन्ता थियो। तर ट्रम्पले यी देशहरूका साथ सम्बन्ध प्रगाढ बनाएका छन्।

वर्षको सुरुआतमा ट्रम्पद्वारा नियुक्त गरिएका सीआईएका निर्देशक माइक पम्पेओको दुवै देशमा भव्य स्वागत भयो।

इरानको मामलामा मिश्र, जोर्डन र खाडी देशहरूमा डर थियो कि ओवामा प्रशासन परमाणु सम्झौता गर्दै इरानको बिस्तारवादलाई बेवास्ता गरिरहेको छ। ट्रम्प प्रशासनले इरानविरुद्ध आफ्नो पुरानो घृणाले भरिएको राग अलाप गरेर यी देशहरूलाई राहत दिएका छन्। तर ट्रम्पलाई अझै पनि पूर्ण स्वीकार्यता प्राप्त भएको छैन।

ट्रम्पको मुस्लिमविरोधी नीतिहरूको विरोध

अवुधावीको अखबार ‘दि नेशनल’मा अरब अमेरिकी संस्थानका अध्यक्ष ट्रम्पको मुस्लिमविरोधी धारणा र नीतिहरूको आलोचना गर्छन्, जसका कारण इस्लामिक स्टेट, अलकायदा र इरान सरकारलाई फाइदा भइरहेको छ।

उनी लेख्छन् कि अरब देशहरूलाई एक यस्ता अमेरिकी मित्रको आवश्यकता थियो, जसले उनीहरूसँग काम गरुन् ताकि यस क्षेत्रमा स्थिरता आउन सकोस्।
उता ट्रम्पको व्यवहारबाट प्यालेस्टाइनमा उनका विरुद्ध आक्रोश भड्किएको छ।

अलानीले बीबीसीसँग कुरा गर्दै भने कि राष्ट्रपति ट्रम्पलाई सिरियामा मिसाइल आक्रमणपछि अरब देशहरूमा लोकप्रियता बढिरहेको छ।

तर यस क्षेत्रमा अझै पनि उनका योजनालाई लिएर अनिश्चितताको माहोल छ र अरब देशहरूका नेता जान्न चाहन्छन् कि अमेरिकी समर्थनका बदलामा ट्रम्प के चाहन्छन्?

अलानी सोध्छन्, ‘उनी आफ्नो समर्थनको बदलामा हामीबाट के चाहन्छन्, के धन? वा सैन्य कारवाहीमा सक्रिय योगदान?’

यसका साथै अलानी भन्छन्, ‘हामी यस क्षेत्रका लागि अमेरिकाको साथ संयुक्त लक्ष्यहरूका लागि तयार हुन सक्छौँ तर यी लक्ष्यसम्म पुग्ने तरिकामा मतभेद हुनसक्छ।’

(गार्डनर बीबीसीका सुरक्षा संवाददाता हुन्)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.