|
Photo : Goal.com

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिग लिडर चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। वार्ल्ड ट्राफोडमा गएराति भएको खेलमा घरेलु टोली युनाइटेड २-० ले विजयी भयो। युनाइटेडको जितमा मार्कूस र्‍यासफोर्ड र एण्डर हरेराले १-१ गोल गरे।

पराजयसँगै चेल्सीले टोटनह्यामसँगको अग्रता बढाउने मौका गुमायो। यद्यपी ३२ खेलबाट ७५ अंक जोडेको चेल्सी अंकतालिकाको शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको टोटनह्याम मात्र ४ अंकले पछि छ।'

एक खेल बढी खेल्दै तेस्रो स्थानमा रहेको लिभरपूलले ६६ तथा चौंथो स्थानको म्यानचेस्टर सिटीले ६४ अंक जोडेका छन्। ६० अंक जोडेको युनाइटेड पाँचौं, ५७ अंक जोडेको एभर्टन छैटौं र ५४ अंकसहित आर्सनल सातौं स्थानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.