|

कावासोती : नवलपरासीको सुनवलमा सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ग २ च २६९४ नम्बरको  भ्यानले ठक्कर दिँदा ना ५ ख ३८३६ नम्बरको बसका सहचालक सुर्खेत जिल्ला पिपरा बस्ने १८ वर्षीय महेन्द्र बुढाको मृत्यु भएको हो

राति १२ बजे सुनवल नगरपालिका-१२ बडेरा चोकस्थित पूर्वबाट पश्चिमतर्फ गइरहेको पिकअप भ्यान रोकिराखेको बसमा ठक्कर खाँदा सहचालक सुर्खेत जिल्ला पिपरा बस्ने १८ वर्षीय महेन्द्र बुढाको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.